पोखरा । सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् ।
पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर फर्केपछि दीपक मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।
मनाङबाट प्रदेश सभामा स्वतन्त्र उठेर निर्विरोध भएका मनाङे चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
अहिलेको समिकरण राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन्छ –
एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताका लागि बनेको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको समिकरण राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने भन्दै यसो भन्न नेपालीले अप्ठ्यारो मान्नुनपर्ने र राष्ट्रिय हितमा उभिन्छु भन्न डराउनु नपर्ने बताएका हुन् ।
अहिलेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौती रहेको भन्दै अध्यक्ष ओलीले जनताको अपेक्षा पूरा गर्नका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताए ।























