उर्लाबारी । पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्बापोले तुच्छ कमेन्ट गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालले कान्तिपुर टेलिभिजनमा दिएको अन्तरवार्तामा नगरप्रमुख तुम्बापोले तुच्छ कमेन्ट गर्नुभएको हो । नगरप्रमुख तुम्बापोले भिडियो अन्तरवार्तामा लेख्नुभएको छ,– ‘लोभी बाहुन, लाज सरम छैन, हारेर एकछिन सत्ता बाहिर बस्न नसक्ने टपरे लाज पचेर यस्तो ढाँट बक्दैछ, साले लुच्चा ।’
उक्त कमेन्टपछि नगरवासीहरुले नगरप्रमुख तुम्बापोको आलोचना गरेका छन् । पथरीशनिश्चरे क्षेत्रमा क्रियाशिल पत्रकार भीमराज अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् –‘तपाईंको चेतना स्तर के यहि हो मेयर साब ? तपाईं मोहन तुम्वापो मात्रै हैन् समग्र पथरीशनिश्चरेको मेयर हो । राज्यको एउटा निकायको प्रमुख हो । कि जे मन लाग्छ बोल्दा हुने हो ? पदको ख्याल राख्नुस् ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय