उर्लाबारी । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष सुवन्तकुमार राजवंशीले संस्थाको नाम र छाप अन्यले दुरुपयोग गरेको बताउनुभएको छ ।
बिहीबार मोरङको उर्लाबारीमा पत्रकार सम्मेलन गरी उहाँले सो कुरा बताउनुभएको हो । राजवंशी समाज विकास समिति केन्द्रको उर्लाबारीमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजवंशीले आफू नेतृत्वको समितिलाई जिल्ला प्रशासन कार्यालय झापाले आधिकारिक मान्यता दिएको बताउँदै संस्थाको नाम र छाप अन्यले दुरुपयोग गरेको दाबी गर्नुभयो ।
‘जिल्ला प्रशासन कार्यालय झापाले गत पुस ७ गते म अध्यक्ष रहेको राजवंशी समाज विकास समितिको केन्द्रीय समितिलाई मान्यता दिएको छ’ अध्यक्ष सुवन्तले भन्नुभयो, ‘जिल्ला प्रशासनको निर्णय पश्चातपनि संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी विभिन्न गतिविधि गर्नु निन्दनीय कार्य हो ।’
समितिका महासचिव चन्द्रप्रसाद राजवंशीले गत असार ३१ गते कटहरीमा विधान बमोजिम खुलासत्र र बन्दसत्रमा दुई तिहाइभन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा निर्वाचन प्रक्रियाबाट सुवन्तकुमार राजवंशीको नेतृत्वमा समिति गठन भएको बताउनुभयो । ‘महाविधेशनमा पराजित हुने डरले मोहन राजवंशीलगायत केही व्यक्तिहरु निर्वाचनमा भाग नलिई निर्वाचन स्थल छोडेर जानुभयो’ महासचिव राजवंशीले भन्नुभयो, ‘पछि उहाँले विशेष महाधिवेशनको नाममा अभय राजवंशीको अध्यक्षतामा तदर्थ समिति बनाउनुभएछ ।’ उक्त समिति अवैधानिक रहेको अध्यक्ष सुवन्तकुमारले बताउनुभयो । जिल्ला प्रशासनले आफू नेतृत्वको समितिनै आधिकारिक रहेको जनाइसक्दा पनि समानान्तर गतिविधि गर्नु लज्जाजनक विषय रहेको उहाँको भनार्ए छ । समानान्तर गतिविधि नगर्न उहाँले चेतावनीसमेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय