काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आफू प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।
नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिनुभएका उहाँले बिहीबार बेलुका फेसबुकमा भने आफू प्रतिपक्षमा बस्ने लेख्नुभएको हो । गण्डकीका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले सरकारलाई विश्वासको मत लिन समस्या नभएकाले आफू प्रतिपक्षमा बस्ने निर्णय गरेको बताउनुभयो ।
यस्तो छ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको पोष्ट

गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमंत्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय