उर्लाबारी । नेपाली कांग्रेस मोरङका सभापति एबं मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बूले तीनै तहका सरकारबीच आपसी समझदारी र समन्वय आवश्यक रहेको बताउनुभयो ।
शुक्रबार उर्लाबारी नगरपालिकाको नवौं नगरसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख अतिथिसमेत रहनुभएका लिम्बूले तीनै तहका सरकारबीच आपसी समझदारी र समन्वय कायम हुन सके विकासको मुल फुटाउन सकिने बताउनुभयो । सांसद लिम्बूलाई दोसल्ला र टोपी लगाइदिएर नगर प्रमुख गंगाप्रसाद खरेलले स्वागत तथा सम्मान गर्नुभयो । नगर प्रमुख खरेलले राष्ट्रिय राजनीतिमा आउने उतारचढाव, संघीय संसदका घटनाक्रमले स्थानीय पालिकाको कार्यसञ्चालनमा कुनै पनि प्रकारको प्रभाव नपर्ने स्पष्ट पार्दै समृद्ध उर्लाबारीको संकल्प साकार पार्न सबै नगरसभाका सदस्यहरु एकताबद्ध रहेको बताउनुभयो । नगरसभाको बैठकमा अनुगमन समिति संयोजक तथा उपप्रमुख मीना खतिवडा पौडेलले पनि आफ्ना धारणा राख्नुभएको थियो । नगरपालिकाको सभाहलमा सुरु सभामा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय