केशब खड्का

उर्लाबारी । स्थानीय तहको विकासमा सञ्चार जगतको भूमिका अपरिहार्य भएको सहभागी वक्ताले जोड दिनुभएको छ ।
पूर्वी मोरङका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको सञ्चार क्लब नेपालको १९ औं बार्षिक साधारणसभाको अवसरमा बोल्दै बक्ताहरुले सो कुरा बताउनुभएको हो । उर्लाबारी–२ स्थित सालबारी सामुदायिक वनको हाताभित्र रहेको लामपाते सिमसार क्षेत्रमा भएको साधारणसभामा बोल्दै उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले सञ्चार क्षेत्रको विकासमा स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जनतालाई सत्य तथ्य समाचार सम्प्रेषण गर्न सबै सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख एबं नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले विकास निर्माणको काम स्थानीय तहले गर्ने तर यसको अनुगमन र पारदर्शीताका बारेमा सञ्चार जगतले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिब खनालले विकासलाई सीप र प्रविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता रहेको बताउँदै सबै नेपालीलाई विकासको मार्गमा डो¥याउन सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, संस्थाका पूर्वअध्यक्ष मदनबाबु प्रसाईलगायतले बोल्नुभयो । संस्थाका महासचिब विजय धिमालले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुजन दासले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नवराज भट्टराईको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय