उर्लाबारी,पोल्याण्डमा सडक दुर्घटनामा परि उर्लाबारीका गोविन्द न्यौपानेको निधन भएको छ ।
न्यौपानेको पोल्याण्डको सोचचजेवमा गत पुष ८ गते सवारी दुर्घटनामा परी असामयिक निधन भएको गैरआवासीय नेपाली संघ पोल्याण्डले जनाएको छ।
उर्लाबारी—३ मंगलबारेका न्यौपाने तिन महिनाअघि मात्रै वैदेशीक रोजगारीका लागि पोल्याण्ड पुगेका थिए ।
पोल्याण्डमा एक्लै बस्दै आएका न्यौपानेको निधन भएको करिव १ महिनापछि मात्र उनको परिवारले खवर पाएका छन् । उनको धार्मिक संस्कार अनुसार आगामी बिहिबार पोल्याण्डमै सदगदको तयारी थालिएको परिवारले जनाएको छ ।























