उर्लाबारी । मोरङको उर्लाबारी–४ र ५ का स्थानीयले टिपर आतंक बढेको भन्दै केही समयदेखि टिपर प्रवेश रोक लगाएका छन् ।
उर्लाबारी–४ र ५ को स्कुडाँडा–कृषि सडक बेहाल बनेपछि स्थानीयबासीले टिपर र ट्रक प्रवेश रोक लगाएका हुन् । केही समयदेखि स्थानीयबासीहरुले टिपर प्रवेश रोक लगाएपछि बिहीबार टिपर ब्यवसायीले टिपर सडकमै राखेर विरोध जनाएका छन् । आज विहानैदेखि टिपर ब्यवसायीले सडक अवरोधको विरोधमा सडकै टिपर तेर्साएर विरोध जनाएका छन् । एम्बलुेन्सलगायत साधनसमेत छिर्न नमिल्ने गरी टिपर तेर्साएपनि उर्लाबारी नगरपालिकाले चासो दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय