उर्लाबारी, मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रा.लि. को अध्यक्षमा पुनः लोलिम पोमू सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न नवौं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षे कार्यकालका लागि पोमू सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो । समितिको सचिवमा रञ्जित पोमू लिम्बू, सदस्यहरुमा डा. सन्दिप अधिकारी, बालकृष्ण सुब्बा, बुधराज सेम्बू, विश्वास पोमू र सन्नी लाबुङ रहनुभएको छ । यस्तै, सल्लाहकार समिति संंयोजकमा आइन्बा पोमू लिम्बू र सदस्यहरुमा सुरेन्द्र लाबुङ, डा. सम्पन्न बुढाथोकी, चिरञ्जीवी चुडाल र विष्णुबहादुर थापा मगर रहनुभएको छ । अध्यक्ष पोमूले अरनिको हस्पिटललाई थप उचाईमा पु¥याउन लागि पर्ने बताउनुभयो । उहाँले उर्लाबारीका ९ वटै वडाका आर्थिक अवस्था ज्यादै नाजुक भएका ४५ जना परिवारको स्वास्थ्य बिमा हस्पिटलको तर्फबाट गराउने घोषणा गर्नुभएको छ ।























