उर्लाबारी । प्रदेशसभा सदस्यमा पराजित भएपनि निवर्तमान सांसद कुलप्रसाद साम्बा (कुशल) विकास निर्माणको कार्यमा पहलकदमी गर्न छोड्नुभएको छैन ।
निवर्तमान सांसद कुशल कहिले काठमाडौं पुगेर मन्त्रालय पुग्ने त कहिले प्रदेशकै मन्त्रालय धाउने क्रम अहिलेपनि जारी नै छ । मोरङ क्षेत्र नं. १(१) बाट प्रदेश सभा सदस्यमा पराजित बन्नु भएका कुशलकै पहलमा उर्लाबारी वडा नं. १ र २ को सिमानामा रहेको परिवर्तन सामुदायिक वन
सिमसारलाई १० लाख रुपैयाँ विनियोजन भएको छ । वन तथा पर्यटन मन्त्रालयमार्फत १० लाख रुपैयाँ विनियोजन भएर पोखरी निर्माण थालिएको छ । पर्यटकीय क्षेत्र बनाउनका लागि त्यहाँ पोखरी निर्माणसहित वनभोज बनाइएको छ । आफु निर्वाचनमा पराजित भएपनि सधैं जनताको सेवामा खटिने उहाँले बताउनुभएको छ । जनताको सेवाका लागि राजनीति थालेको बताउँदै जनताको सेवक भएर काम गर्ने उहाँको भनाई छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहनु भएका कुशलले आफ्नो कार्यकालमा १ अर्ब २० करोड भन्दा बढी बजेट क्षेत्रको विकास ल्याउन सफल बन्नुभएको थियो । विकासप्रेमी नेताको छबी बनाउनु भएका कुशलले जनताको मन जितेपनि मत जित्न नसक्नु भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय