उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा २३ परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ ।
आइतबार मिक्लाजुङ गाउँपालिका, मोरङको आयोजना र राष्ट्रिय भूमी आयोगको समन्वयमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । मिक्लाजुङ वडा नं.७ का २३ परिवारलाई आइतबार जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । आयोगका केन्द्रीय अध्यक्ष केशब निरौलाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बू, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, आयोग मोरङ अध्यक्ष सुशिला घिमिरे, मोरङ क्षेत्र नं. १ (१) का निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा (कुशल), मिक्लाजुङ वडा नं.७ का अध्यक्ष शुशिलराज चौहान, गाउँपालिकाका लेखा अधिकृत सुशिल बास्तोलालगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन रोजगार संयोजक देउमान तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय