उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले आफ्नो जन्मदिन नमूना बाल गृहमा मनाउनुभएको छ ।
आज अध्यक्ष राईले आफ्नो जन्मदिन उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकाहरुसँग केक काटेर खुशी साट्नुभएको हो । गृहमा आश्रित बालबालिकाहरुलाई आज बेलुकाको खानाको समेत ब्यवस्था अध्यक्ष राईले प्रबन्ध गरिदिनुभएको छ । उहाँले बालबालिकासँगै बसेर खानासमेत खानु भएको छ ।

अध्यक्ष राईले बुधबार विहानको खाजाको समेत बालबालिकालाई ब्यवस्था मिलाइदिनुभएको गृहकी अध्यक्ष मिना बरालले जानकारी दिनुभयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले अभिभावकीय जिम्मेवारी निर्वाह गरेको भन्दै गृहकी अध्यक्ष बरालले खुशी प्रकट गर्नुभयो ।























