उर्लाबारी । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको नयाँ नेतृत्व राजनीति भागबन्डाको आधारमा सर्वसम्मत चयन गरिएको छ ।
सभापतिमा नेपाली कांग्रेसका भानुभक्त शर्मा पराजुली चयन हुनुभएको हो । उर्लाबारी वडा नं. ५ का पूर्व वडाध्यक्षसमेत रहनु भएका पराजुली सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ ।
त्यस्तै, उपसभापतिमा कांग्रेसकै भागीरथा अधिकारी चयन हुनुभयो भने सचिवमा एमालेका गोपालप्रसाद रिमाल, कोषाध्यक्षमा कांग्रेसका ऋषिकेश खनाल, उपसचिवमा पूर्णबहादुर सुनुवार र उपकोषाध्यक्षमा माओवादी केन्द्रका यमलाल रसाइली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा कांग्रेसकी चन्द्रकला खड्का प्रसाई, एकीकृत समाजवादीका कमलराज गौतम, स्वतन्त्रका खड्गबहादुर थापा, राप्रपाका राजेन्द्र कार्की र एमालेका घनश्याम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय