उर्लाबारी । मोरङको उर्लाबारी चौकमा सफारीलाई ठक्कर दिई भागेको स्करपियो मधुमल्लामा पक्राउ परेको छ । शनिबार सांझ उर्लाबारी चौकमा एक सफारीलाई ठक्कर दिई मधुमल्ला तर्फ भागेको प्रदेश ३ –०१– २२ च ६८४५ नम्बरको स्कोरपियो र चालक सन्दिप बस्नेतलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको हो । ईप्रका मधुमल्लाका प्रमुख डिबि सुनुवारको नेतृत्वमा रहेको टोलीले मधुमल्ला मावा पुलबाट सो स्करपियो नियन्त्रणमा लिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर मधुमल्ला अस्पतालमा उपचार भईरहेको छ । सवारी चालकले मदिरा सेवन गरेर सवारी चलाएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय