काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । वर्तमान संसद्को पहिलो अधिवेशनको सातौँ बैठक बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय