काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न उनको निवास बालकोट पुगेका हुन् ।
अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको छ । उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भइरहेको बुझिएको छ ।























