उर्लाबारी, उर्लाबारी ४ मा केही दिन अगाडि ग्याङ फाईट हुँदा स्थानीय २ जनालाई घाईते बनाएर फरार रहेका मध्ये ४ जनालाई पक्राउ गरी प्रहरीले म्याद थप गरेको छ ।
६ जना विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका कारण प्रहरीले एक जनालाई यस अघिनै पक्राउ गरेको थियो भने अन्य ३ जनालाई शुक्रबार पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा म्याद थप समेत गरेको छ । उनीहरुलाई उर्लाबारी ४ बाटै प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुरज राजवंशी, बिसाल लिम्बू, प्रविन अर्याल खत्री र एक जना नाबालक रहेका छन् शनिबार बेलुका स्थानीय युवाहरुबिच पुरानो रिसिवीका कारण दुई समूह बिच ग्याङ फाईट पर्दा सुरेस भुजेल गम्भीर घाईते भएका थिए भने सुजन खत्री सामान्य घाइते भएका थिए ।
खोर्सानीबारीका भुजेल झापाको बीएण्डसी अस्पतालमा उपाचार शुक्रबार डिस्चार्ज भएका छन् । उनको पेट र ढाड लगायतका ठाउँमा गम्भीर चोट लागेको थियो ।























