उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सव आज सकिँदैछ । प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी मन्त्रालय भक्तिप्रसाद सिटौलाको उपस्थितिमा महोत्सव समापन हुने आयोजक समितिका सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो । दिउँसो १ बजे मन्त्री सिटौला आउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । बेलुका गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका टिका प्रसाईको प्रस्तुतिसँगै ९ दिने महोत्सव सकिने छ । महोत्सव भब्य रुपमा सम्पन्न हुन लागेको आयोजकले जनाएको छ ।























