उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आज मोरङको मिक्लाजुङका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्र मिक्लाजुङले आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन, मिक्लाजुङ वडा नं. १ ले आयोजना गरेको पर्यटन प्रबद्र्धनलगायत छलफल कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र मिक्जालुङका इन्चार्ज तथा मिकलाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले जानकारी दिनुभयो । मिक्लाजुङको पर्यटन विकाससहितका बारेमा छलफल हुने उहाँको भनाई छ । नेसेलुङ डाँडामा दिपप्रज्वलन गरिने छ भने सो डाँडालाई पर्यटकीय क्षेत्र बनाउनका लागि मन्त्री किराँतीमार्फत पहल गरिने उहाँले बताउनुभयो ।























