उर्लाबारी । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) प्रदेश नं. १ का अध्यक्ष राजन पौडेलले गुणस्तरीय शिक्षा प्रदानमा निजी विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
मोरङको उर्लाबारी–७ स्थित बेथेल एकाडेमीको खेलकुद सप्ताह कार्यक्रम समापनको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले संघर्ष र मिहिनेतबाट नै सफल हुन सकिने बताउँदै उत्कृष्ट र गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिनुपर्नेमा जोड दिनुभयो । अबको शिक्षा नीति, पद्दतिको सुधार हुन आवश्यकता रहेको उहाँले बताउँदै शिक्षण पद्धतिमा आईटीको प्रयोग हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ की अध्यक्ष उर्मिला थापा, उर्लाबारी रेडक्रस उपशाखाका सभापति भानुभक्त शर्मा पराजुली, एन प्याब्सन मोरङ उपाध्यक्ष नारायण ढकाललगायतले बोल्नुभयो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल दिपक न्यौपानेले वेथेल एकाडेमीले गुणस्तरीय शिक्षा दिँदै आएको बताउनुभयो । कार्यक्रममा खेलकुद प्रतियोगितामा विजेता, उपविजेता विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय