उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा शनिबारबाट तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मोरङ क्षेत्र नं. १ का प्र्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बूले उद्घाटन गरेसँगै सो प्रतियोगिता सुरु भएको हो । प्रमुख अतिथि सांसद लिम्बूले स्वास्थ्यका लागि खेल अति महत्वपूर्ण भएको र त्यसमा पनि विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरूको चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले मुख्य भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि खेल प्रस्तुत गर्ने सुनौलो अवसर भएको बताउनुभयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेकपा माओवादी केन्द्रका मिक्लाजुङ अध्यक्ष उमेश राई, नेपाली कांग्रेस मिक्लाजुङ सभापति खगेन्द्र मादेन, मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पर्वत राई, मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरू बल्लभ बरालले शुभकामना मन्तव्य राख्नु भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय