उर्लाबारी । मोरङको लेटाङमा नेकपा (एकीकृत समाजवादी) को प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
शनिबार पार्टीको स्कुल बिभागको आयोजनामा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु भएको प्रशिक्षण कार्यक्रम माघ ६ देखि ९ गतेसम्म सञ्चालन हुने युवा संघकी केन्द्रीय सदस्य शान्ति लामाले जानकारी दिनुभयो । प्रदेशबाट ७६ जना नेता, कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटनमा शनिबार पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुको सहभागिता रहेको छ । पूर्ब प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालले वर्तमान समसामायिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति बारे प्रशिक्षण दिनुभएको छ । पार्टीका बरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको मार्गदर्शक, सिद्धान्त तथा अबको बाटो, डा. बेदुराम भुसालले संगठनात्मक सिद्धान्त तथा पार्टी अभियानबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ । नेता घनश्याम भुसाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।























