उर्लाबारी, नेपाली कांग्रस प्रदेश नं। १ का सह–महामन्त्री खड्ग फागोले प्रजातन्त्र नेपाली जनताको समृद्धिको आधार भएको बताउनुभयो ।
आईतबार ७३ औँ राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा नेपाली कांग्रेस उर्लाबारी वडा नम्बर २ को आयोजनामा सालवारी सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका फागोले सो कुरा बताउनुभएको हो । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाइने गरेको उहाँको भनाई छ ।
नेपालमा करिव १ सय ४ वर्ष चलेको जहाँनिया राणा शासनले नेपाली जनताहरुको वाक स्वतन्त्रता, पढ्न र लेख्न पाउने अधिकारलाई हनन् गरेको बताउँदै उहाँले नेपाली जनताको मौलिक हक अधिकारमाथिको प्रहारलाई विस्थापित गरी नागरिक स्वतन्त्रताको पक्षमा भएको आन्दोलनको पुर्ण रुप नै प्रजातन्त्र भएको बताउनुभयो ।
आज भन्दा करिव ७३ वर्ष अघि अग्रज पुर्खाहरुको त्याग र संघर्षका कारण स्थापित प्रजातन्त्रको आधारमा टेकेर नेपालीको सामाजिक न्याय र समानताका लागि हक स्थापित गर्न प्रजातन्त्रले बाटो खोलेको उहाँको भनाई छ । उहाँले पछिल्लो समय बदलिदो राजनितक परिदृश्यका कारण नेपालमा स्थापित राजनितिक पार्टीमा वितृष्णा उत्पन्न भएका कारण देशमा अस्थिरता बढ्दै गएकाले राजनितिक पार्टीहरु आर्थिक समृद्धि हाँसिल गर्न राष्ट्रिय सहमतिका साथ अगाडी बढनुपर्ने बताउनुभयो ।
यस्तै, कार्यक्रमका पार्टीका जिल्ला सदस्य बीरबल थापा, नगर कार्यबाहक सभापति राजन रायमाझी, नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि तथा वडा नम्वर २ का वडाअध्यक्ष राजन कुमार कडेँल, महाधिवेशन प्रतिनिधि बानु सुव्वा, गोमा नेपाल, नेपाल विद्यार्थी संघ उर्लाबारीका सभापति विवेक कार्की र नेपाली कांग्रेस नगर सहसचिव टंक गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाली कांग्रेस वडा नम्बर २ का सभापति रुद्र बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वडा सचिव रोहित आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय