विराटनगर । विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान् २९ वर्षीय रमेश साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई अनुसन्धानको लागि आज नियन्त्रणमा लिएको हो ।
पक्राउ परका रमानन्द शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्या गरेर शव फेला पारेको थियो ।
प्रिंयकाको आज दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोरा भित्र शव भेटिएको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए । अहिले घटनाको अनुसन्धान भइरहेको छ । प्रारम्भिक चरणको अनुसन्धानबाट पारिवारिक कारणले हत्या भएको देखिएको उनले बताए । ‘थप अनुसन्धानपछि अरु खुल्नेछ,’ उनले भने ।























