धरान । सुनसरीको धरान–१७ मा सोमबार दिउँसोतिर ग्याँस सिलिन्डर बिष्फोट हुँदा ६ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो । घटनाको विवरण लिने क्रममा रहेकाले पूर्ण विवरण केही समयपछि आउने प्रहरीले जनाएको छ ।























