झापाको बिर्तामोडमा भर्खरै एक युवाले आत्मदहको प्रयास गर्नुभएको छ । झापा प्रहरीका अनुसार उहाँले पेट्रोल खन्याएर आफ्नै शरिरमा आगो लगाउनुभएको थियो । उहाँ झापा बिर्तामोड–८ का विजय चौधरी रहेको खुलेको छ ।
उहाँको शरिरको पछाडिको भाग जलेको छ । प्रहरीका अनुसार उहाँको अवस्था सामान्य रहेको छ । उपचारका लागि विएण्डसी अस्पतालमा भर्ना गरिएको विर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।























