भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पहिलो कार्यक्रमका लागि भोजपुर आउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत कार्यक्रमको तालिका सार्वजनिक गर्दै फागुन १० गते अरुण नदी तुर्के पूलबाट हुने जानकारी दिनुभएको हो । उहाँले फूलमाला नउनिदिनु, बाटो–बाटोमा गेट नबनाई दिनु र चोक–चोकमा प्रहरी नखटाई दिनु भनेर प्रमुख जिल्ला अधिकारी र सम्बन्धित निकायमा जानकारी गराएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । भोली विहान ९ः३० तुम्लिङ्गटार बिमानस्थल अनुगमन, विहान ११ बजे तुर्के पुल भेटघाट, दिउँसो १२ः३० मा देउराली, दिउँसो १ बजे झ्याउपोखरी, दिउँसो २ः३० मा दिङ्ला बजार, बेलुका ७ बजे सन्तले र १० बजे भोजपुर बजारमा कार्यक्रम रहेको छ ।























