मोरङ । प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले सीप भनेकै आर्थिक सशक्तिकरण भएको बताउनुभयो ।
महिला लक्षीत कार्यक्रमअन्तर्गत मंगलबार मोरङको मिक्लाजुङ–२ साखरेमा सञ्चालित १५ दिने स्वीटर बुनाई तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । आयआर्जनका लागि दरिलो हतियार भएकोले सीपलाई व्यावहारिक रुपमा प्रयोग गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, ‘तपाईहरुले जुन सीप सिक्नुभएको छ, त्यसलाई व्यवसायतर्फ लैजानुप¥यो, कसरी हुन्छ आयआर्जन गर्नुप¥यो ।’ सीपको माध्यमबाट आर्थिक सवलिकरण गर्नुपर्ने उहाँको भनाई छ ।
वडामा विनियोजित बजेट प्रति चासो राख्न सुझाव दिँदै उहाँले महिलाहरु पनि आफ्नो हकअधिकार प्रति सचेत र जुझारु हनुपर्ने बताउनुभयो । त्यसो गरेमा महिलाहरु पनि सक्षम हुँदैजाने र बजेट आफ्नो अनुकुल विनियोजन हुने उहाँको भनाई छ । महिलाहरु चुलो चौकामा मात्र सिमित नभई आफ्नो काम, कर्तव्य र अधिकार प्रति सचेत रहेको खण्डमा सक्षम बन्दै जाने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जव हामी सक्षम बन्छौं, तव मात्र विकासका मुलधारमा आउन सक्छौं ।’ महिलाहरु पुरुषको हाराहारीमा अगाडि नआएसम्म समाज र राष्ट्र समृद्ध हुन नसक्ने उहाँले बताउनुभयो ।
सोही अवसरमा प्रदेश सभा सदस्य चेम्जोङले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपात्र बितरण गर्नुभयो । तालिम आयोजक समितिकी संयोजक सरला राईको अध्यक्षतामा भएको सो कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पोडैल, मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठलगायतले बोल्नुभयो । प्रशिक्षार्थी मनिषा राईले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नरमाया खनालले सहजीकरण गरेको सो तालिमा ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको महिला वडा सदस्य उषा राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय