उर्लाबारी । मोरङको उर्लाबारीमा आजदेखि सुरु भएको मेयर कप फुटबल प्रतियोगितामा पूर्व विजेता टिम उर्लाबारी वडा नं. ६ नै सहभागी बनेन ।
प्रत्येक बर्ष उर्लाबारी फुटबल क्लबले आयोजना गर्दै आएको उक्त प्रतियोगिता सञ्चालनका लागि उर्लाबारी नगरपालिकाले राजघाट भेट्रान क्लबलाई दिएपछि विवाद देखिएको थियो ।

उर्लाबारी फुटबल क्लबसँग कुनै समन्वय नगरी हचुवाको भरमा प्रतियोगिता आयोजना गरेको भन्दै जिल्ला फुटबल संघलाई रेफ्री नपठाउन पत्र पठाइएको थियो । सोही अनुसार लाइसेन्स प्राप्त रेफ्रीले खेलाउन मानेनन् । स्रोतले दिएको जानकारी अनुसार राजनीति खिचातानी भएको भन्दै उर्लाबारी फुटबल क्लबले असहयोग गरेको हो । यसअघि १ लाख ७५ हजार पुरस्कार विजेताले पाउँदै आएकोमा यस पटक ७५ हजार मात्रै राशी राखिएको छ । पूर्व विजेता उर्लाबारी वडा नं. ६ सहभागी नभएपछि स्थानीय रेफ्री मिनु लामाले खेल सञ्चालन गरेका थिए । उद्घाटन खेलमै उर्लाबारी वडा नं. ८ ले नेट बल हान्दै सेमिफाइनमा पुगेको आयोजकले जनाएको छ । मेयर कपका लागि उर्लाबारी नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको बुझिएको छ । मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन मोरङ क्षेत्र नं. १ (१) का प्रदेश सांसद उमाकान्त गौतमले गर्नुभयो । उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाका कार्यवहाक नगरप्रमुख तिलक पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकी, वडा नं. ५ का वडाध्यक्ष रविन लामा, वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, नगरपालिकाका अधिकृत मुरारी घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय