उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको अध्यक्षमा काँग्रेस–माओवादीको संयुक्त गठबन्धनका उम्मेद्वारलाई हराउँदै एमाल एमाले–एस–राप्रपा–जसपाका उम्मेद्वारले जित हासिल गरेका छन् ।
अध्यक्षमा माओवादी केन्द्रका नेता समेत रहनु भएका प्रकाश पौडेललाई हराउँदै एमालेका द्रोण पौडेल विजयी हुनुभयो । प्रकाशले १४९ र द्रोर्णले १५४ मत ल्याउनुभयो । जम्मा ३०५ मत खसेको थियो । २ मत बदर भएको थियो ।
समूहको साझेदारी वन व्यवस्थापन समितिमा दलहरुले प्यानल बनाएर उम्मेद्वार उठाएका थिए । नेपाली काँग्रेस र माओवादी केन्द्रको प्यालनको माओवादीका प्रकाश तथा नेकपा एमाले, राप्रपा, जसपा, एसलगायत दलको प्यालनको एमालेका द्रोणले नेतृत्व गर्नुभएको थियो । समूहको नयाँ समिति चयनका लागि आज मतदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय