उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ । संघीय सरकार र प्रदेश सरकारबाट अलग भएर समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको भएपनि प्रदेश १ सरकारबाट तत्काल अलग नहुने राप्रपाबाट मन्त्री रहेका भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसक्नुभएको छ । यस्तै बाग्मती प्रदेका मन्त्रीहरुले पनि राजिनामा दिएका छन् भने गण्डकी र लुम्बिनी प्रदेशमा मन्त्री रहेका राप्रपा नेताहरुले पनि आज राजिनामा दिने बताइएको छ । प्रदेश १ सरकारबाट भने अहिले अलग हुने निर्णय नभएको र त्यसबारे केन्द्रले पनि निर्देशन नदिएको मन्त्री सिटौलाले जानकारी दिनुभयो ।























