उर्लाबारी। संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने बताउनुभएको छ ।
देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागि जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा नगएको बताउँदै उहाँले ऋणमा हेलिकप्टर चार्टर गरेको हेलिकप्टरमा चढेर कार्यक्रममा गए खोला खोल्सीहरुमा दुध नबग्ने र माटोमा सुन नफल्ने सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ भन्दै उहाँले आफूलाई हेलिकप्ट चार्टर गरेका कार्यक्रममा नबोलाउन समाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको छ ।
यस्तो छ उहाँको सामाजिक सञ्जालमा पोष्ट
राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएकाछौं ।
देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलीकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएकाछैनौं । त्यसको लागी तपाईहरुसंग क्षमा चाहान्छु । ऋणमा हेलीकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरुमा दुध बग्दैन माटोमा सुन फल्दैन । “घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ ।
धन्यवाद ।























