उर्लाबारी । मोरङको उर्लाबारीका अधिकांश सामुदायिक विद्यालयमा राजनीति खिचातानी देखिन थालेको छ ।
उर्लाबारी नगर कार्यपालिकाले पठाएका ब्यक्तिहरुलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउन विद्यालयहरुलाई दबाब दिने गरेको पाइएको हो । राजनीति दलकै नेताहरुले विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरुलाई नगरपालिकाबाट पठाएका ब्यक्तिहरुलाई अध्यक्ष बनाउन दबाब दिएको भन्दै विद्यालयमा राजनीति नघुसाउन आग्रह गरेका छन् । अभिभावक भन्दा पनि नगरपालिकाले पठाएका ब्यक्तिहरुलाई अध्यक्ष बनाउन चौतर्फी दबाब दिने गरिएको भन्दै अभिभावहरुले नै विरोध जनाउन थालेका छन् । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र राजनीतिक आडमा विद्यालय ब्यवस्थाप समितिको अध्यक्ष बन्न थालेपछि अभिभावकहरु आक्रोशित बन्न थालेका छन् । विद्यालयलाई राजनीति भर्ति केन्द्र बनाउन उर्लाबारीका सबै पार्टी एक ठाउँमा उभिएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, राप्रपालगायत दलका नेता तथा कार्यकर्ताहरुलाई अधिकांश सामुदायिक विद्यालयको अध्यक्ष बनाइएको छ । यसमा एमाले अगाडि छ भने अन्य पार्टी पनि सोही दाउमा छन् । उनीहरु पनि भागबन्डाको लाइनमा छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार भन्दा राजनीति घुसाएर चैपट बनाउन दाउमा उर्लाबारीका राजनीति दल लागेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरिरहेका छन् । केही विद्यालयमा त राजनीति दलहरुले रमिता देखाउन थालेपछि अहिलेसम्म विद्यालय ब्यवस्थापन समिति नै गठन हुन सकेको छैन । अभिभावक भन्दा निजी विद्यालयमा छोराछोरी पढाउने नेता तथा कार्यकर्ताहरु विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्नु लाजमर्दो भएको अभिभावक हरिप्रसाद धिमाल बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय