उर्लाबारी । प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमत बनेका छन् ।
एमाले र कांग्रेससहित राप्रपा पनि कोशी प्रदेश राख्ने पक्षमा देखिएको हो । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने अडान राखेका थिए । ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारी गरेको बुझिएको छ ।























