विराटनगर । नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।
बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावको समर्थकमा भूमिप्रसाद राजवंशी, निरन राईलगायत रहनुभएको छ । प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ ।























