उर्लाबारी । प्रदेश नं. १ को नामकरण ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो । आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको छ ।























