विराटनगर । प्रदेश १ सरकारका स्वास्थयमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूले बहुमतका आधारमा आफुलाई सती लगिएको आरोप लगाएकी छन् ।

प्रदेश १ प्रदेश सभामा प्रदेशको नामको विषयमा भएको छलफलमा उनले रुँदै आफू हाँसोको पात्र मात्रै भएको गुनासो गरिन् । उनले प्रदेश नामको विषयमा सरकार मै भएको भएपनि आफुलाई थाहा नदिएको भन्दै दुखेसो पोखिन् । उनले पहिचानका आधारमा प्रदेसको नाम राख्न नसकेकोमा आफू दुःखी भएको बताइन् ।

पहिचानका आधारका प्रदेशको नामकरण हुनुपर्ने बताउँदै आएकी लिम्बूले बहुमत सदस्यको निर्णय मान्नुपर्ने अवस्थाले आफूहरूलाई आएको मतको अपमान भएको बताइन् ।

उनले भनिन्, ‘मलाई नामकरणको विषयमा हिजोमात्रै थाहा दिएर अपमान गरियो ।’ उनी संसदमा रुदै प्रस्तुत भएकी छिन् । आँसु मिश्रित स्वरमा बोल्दै उनले नामकरणको विषयमा पुनर्विचार गर्नसमेत माग गरेकी छिन् । उनले थपिन्, ‘गोलि थाप्दा गाह्रो हुदैन थियो, जति कोसी नाममा मलाई त्यो भन्दा गाह्रो भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय