उर्लाबारी । अखिल (क्रान्तिकारी) ले आगामी चैत ५ गते हुने स्ववियू निर्वाचन केन्द्रीत गतिबिधि सुरु गरेको छ ।
अखिल (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्पस इकाई कमिटीले निर्वाचन केन्द्रीत गतिबिधि थालेको हो । यसअघि पटक पटक विद्यार्थीहरुलाई झुक्याएर नेतृत्व हात पारेपनि विद्यार्थीहरुको हकहितमा स्ववियूमा निर्वाचितहरुले काम गर्न नसकेको बताउँदै अखिल (क्रान्तिकारी) ले मिसन चैत्र ५ अखिल क्रान्त्रिकारी मतदान कार्यक्रम अघि बढाएको सचिब दिपेन बराईलीले जानकारी दिनुभयो । स्ववियूमा निर्वाचितहरुले राजनीति स्वार्थभन्दा माथि उठेर यसअघि काम गर्न नसकेकै कारण विद्यार्थीहरुको हितभन्दा प्रशासनको हितमा काम भएको उहाँको भनाई छ । उहाँले यस पटक उर्लाबारी बहुमुखी क्याम्पसमा अखिल क्रान्त्रिकारीलाई विजयी गराउन सम्पूर्ण विद्यार्थीहरुलाई अपिल गर्नुभएको छ । अखिल क्रान्त्रिकारीबाट सभापतिमा थानेश्वर अधिकारी (आकाश) र सचिबमा दिपेन बराईली उम्मेद्वार बन्ने बताइएको छ । अन्य पदमा पनि आकांक्षीहरुलाई मिलाएर लैजाने र अखिल क्रान्किारी एक्लै चुनाबी प्रतिष्पर्धामा उत्र्ने तयारीमा जुटिरहेको सभापति पदका आंकाक्षी थानेश्वर अधिकारी (आकाश) ले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय