उर्लाबारी । आगामी चैत ५ गते हुने स्ववियूको निर्वाचनमा नेपाल विद्यार्थी संघबाट उर्लाबारी बहुमुखी क्याम्पस सभापतिमा चार जना आंकाक्षी देखिएका छन् ।
सभापतिमा विवेक कार्की, भूपेन काफ्ले, तिलक पौडेल र अर्विन घिमिरेले आकांक्षा देखाएका हुन् । कार्की र घिमिरेले खुलेरै सभापतिमा दाबी गर्दै आएपनि काफ्ले र पौडेलले पनि सभापतिमा आकांक्षा राखेको बुझिएको छ । नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई समिति सभापति सुजित जैसवाललगायतका विद्यार्थी नेताहरुले आकांक्षीबीच सम्वाद गराएर सर्वसम्मत उम्मेद्वार बनाउने प्रयास गरिरहेका छन् । जानकार स्रोतका अनुसार विवेक कार्की स्ववियू सभापतिको उम्मेद्वार बन्ने छन् । अन्य आकांक्षीहरुलाई समेत उचित रुपमा समेटेर लैजाने तयारी भइरहेको छ । एक ढिक्का भएर नेपाल विद्यार्थी संघ अघि बढ्नु पर्ने अधिकांशको राय छ ।























