उर्लाबारी । मोरङको पथरीशनिश्चरे–२ प्रगति टोलका २८ महिने बालिका प्रशंसा गौतमको चिकित्सकको चरम लापरबाहीका मृत्यु भएको भन्दै उर्लाबारीमा विरोध कार्यक्रम भएको छ ।
काठमाडौंस्थित हिमाल अस्पतालका चिकित्सकको चरम लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै विरोध कार्यक्रम गरिएको हो । गत माघ २६ गते मृत्यु भएकी गौतमको हिमाल अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको पीडित परिवारले दाबी गरेका छन् । प्रशंसाको न्यायका लागि विभिन्न नारा लेखिएको प्लेकार्डसहित उर्लाबारी चौकमा भेला भएका उर्लाबारीका व्यापारी, व्यवसायी, साहित्यकार, पत्रकारहरुले लापरबाही गर्ने डाक्टर जयदेव यादवलाई कारबाहीको माग माग गरेका छन् ।
संगीतकार तथा गायक गौरभ दर्पण र आशिका भण्डारीकी छोरी प्रशंसा गौतमकोे न्यायको लागि उर्लाबारीबासी सडकमा उत्रिनु परेको उर्लाबारीककी सरिता केसीको भनाई छ । ‘प्रशंसालाई न्याय दे’, ‘हिमाल हस्पिटल मुर्दाबाद’, ‘पीडितलाई दबाउन पाइँदैन’ ‘डा. जयदेव यादवलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उर्लाबारीबासी सडकमा उत्रिएका थिए । गत माघ २६ गते महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी प्रशंसा गौतमको उपचार प्रक्रियामा हिमाल अस्पतालका चिकित्सकको लापरबाही रहेको भन्दै न्यायका लागि काठमाडौंको हिमाल अस्पताल अगाडि दैनिकजसो अन्दोलन भइरहेको छ । तर, सम्बन्धित निकाय मौन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय