उर्लाबारी । मोरङको उर्लाबारी–८ मा रहेको न्यू भिजन एकाडेमीले १३ औं अभिभावक दिवस मनाएको छ ।
आज एकाडेमीका संस्थापक खड्गबहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व प्रिन्सिपल अजितकुमार भट्टराईले गर्नुभएको थियो । सो अवसरमा नृत्य, गायन, नाटक, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । २०६७ सालमा स्थापना भएको सो विद्यालयमा ३ सय ५० जना विद्यार्थीहरु अध्ययरत रहेका छन् । ३२ जना शिक्षक कर्मचारी रहेका छन् भने सुविधासम्पन्न भवनमा १९ वटा कोठा रहेका छन् । न्यू भिजन एकाडेमीले विद्यार्थीहरुमा ब्यबहारिक तथा संस्कारयुक्त ज्ञान प्रदान गर्दै आएको शिक्षक कमल गौतमले बताउनुभयो । नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको छ । भौतिक पूर्वाधारयुक्त विद्यालयमा क्यान्टिन, कम्प्यूटर ल्याव रूम, शौचालय, कक्षाकोठाको व्यवस्थापन बालमैत्री तरिकाले गरिएको प्रिन्सिपल अजितकुमार भट्टराईले बताउनुभयो । टाढाका विद्यार्थीका लागि दुई वटा स्कूल बसको व्यवस्था गरिएको छ ।
लामो समयदेखि सिटिएफ नेपाल पूर्वाञ्चल कार्यालयमा रहेर विभिन्न विद्यालयका पूर्व प्राथमिक तहका शिक्षकशिक्षिकालाई तालिम दिँदै आउनुभएकी एकाडेमीकी दृपा भट्टराईले बालबालिकाहरुमा खेल्दै सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो । श्रव्य दृश्य सामग्री, मन्टेश्वरी ल्यावको व्यवस्था रहेकोले विद्यार्थीहरुमा प्रयोगात्मक सिकाइ गरिने भट्टराईले बताउनुभयो । विभिन्न विद्यालयका शिक्षिकाहरुलाई सिकाएको सीप अब न्यू भिजनमा आफैं रहेर लागू गर्ने र बालबालिकालाई खेल्दै सिक्ने अवसर प्रदान गरिरहेको उहाँको योजना छ ।
यसको साथै विद्यालयले बालबालिकाहरुमा रहेको अन्तरनिहित क्षमताको विकास गर्नका लागि खेलकुद, कला, साहित्य, सिर्जनाका क्षेत्रमा पनि अगाडि बढाइएको छ । विभिन्न स्थानमा भएका कार्यक्रमहरु उत्कृष्ट प्रदान गर्दै आएका छन् । साथै, विद्यालयले अभिभावकहरुसँग पनि आत्मियता बढाउने गरी विभिन्न चाडपर्वहरुमा कार्यक्रम गर्दै आएको छ ।
कुशल व्यवस्थापक, दक्ष, तालिमप्राप्त शिक्षकशिक्षिका रहेको न्यू भिजनमा फरक शैली र पारामा शिक्षण सिकाइ सञ्चालन हुने भएपछि उक्त विद्यालयतर्फ अभिभावकको ध्यान आकृष्ट भएको छ ।























