उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ७ ले ढल सरसफाई अभियान सुरु गरेको छ ।
ढल निकास हुँदा समस्या उत्पन्न भएको गुनासो आएपछि वडा कार्यालयले ढल सरसफाई अभियान थालेको हो । उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, सदस्यहरु सन्तोष निरौला, मनमाया तामाङलगायत खटेरै ढल सरसफाई कार्यक्रम गरिरहनु भएको छ । उर्लाबारी वडा नं. ७ भरी नै ढल सरसफाई कार्यक्रम सञ्चालन गरिने वडा सदस्य सन्तोष निरौलाले बताउनुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले पनि ढल सरसफाईको अनुगमन गर्नुभएको छ ।























