उर्लाबारी । एमालेनिकट अनेरास्ववियुबाट उर्लाबारी बहुमुखी क्याम्पस स्ववियू सभापतिमा आधा दर्जनको नाम चर्चामा छ ।
उर्लाबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले अहिलेसम्म सबै स्ववियू निर्वाचन जितेको कारण पनि कसलाई सभापतिको उम्मेद्वार बनाउने भन्ने विषय निकै चासोको साथ हेरिएको छ । स्ववियू सभापतिमा प्रिति दाहाल, गौतमबुद्ध तामाङ, भुवन मंग्राती, प्रविण खतिवडा, खगेन्द्र गुरागाई, रमेश बराललगायतले आकांक्षा ब्यक्त गरिरहेको बुझिएको छ । यीमध्ये दाहाल, तामाङ र मंग्रातीमध्ये एक सभापतिको उम्मेद्वार बन्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । अनेरास्ववियुले यस पटक महिलालाई स्ववियू सभापतिको उम्मेद्वार बनाउने तयारी गरेको बताइएको छ । यस कारण पनि प्रिति दाहाल सभापतिको उम्मेद्वार बन्ने सम्भावना उच्च रहेको जानकारी प्राप्त भएको छ ।























