उर्लाबारी । मोरङमा ११ औंं चरणमा हात्तीपाइलेविरूद्धको औषधि खुवाइने कार्यक्रम चलिरहेको छ ।
उर्लाबारीसहित मोरङका १७ वटा स्थानीय तहमा उक्त औषधि खुवाइने अभियान चलिरहेको हो । हालसम्म ७ लाख ६६ हजार ६ सय ८५ जनाले हात्तीपाइलेविरूद्धको औषधि खुवाइसकेको छ भने औषधि खुवाउने कार्यक्रम जारी रहेको छ । उर्लाबारीमा ४८ हजार ५ सय ८० जनाले हात्तिपाइलेविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य शाखा प्रमुख तोयानाथ घिमिरेले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकामा १ लाख २६ हजार ९ सय ५५, सुन्दरहरैचाँ नगरपालिकाका ८५ हजार ९ सय ७, बेलबारी नगरपालिकामा ६५ हजार ६ सय ८३, पथरीशनिश्चरे नगरपालिकामा ५९ हजार ५ सय ९१, रतुवामाई नगरपालिकामा ४३ हजार १ सय ३०, रंगेली नगरपालिकामा ३१ हजार ८ सय ५५, लेटाङ नगरपालिकामा २९ हजार १ सय ९३ र सुनबर्षी नगरपालिकामा ४५ हजार १ जनाले हात्तिपाइलेविरुद्धको औषधि सेवन गरेका छन् । त्यस्तै, बुढीगंगा गाउँपालिकामा २६ हजार ४५, कटहरी गाउँपालिकामा ३७ हजार ६ सय १०, जहदा गाउँपालिकामा २७ हजार ९ सय ४९, धनपालथान गाउँपालिकामा ३८ हजार ९ सय ५, कानेपोखरी गाउँपालिकामा २७ हजार ३ सय ६३, ग्रामथान गाउँपालिकामा २३ हजार २ सय ७१, केराबारी गाउँपालिकामा २४ हजार ४ सय ३६ र मिक्लाजुङ गाउँपालिकामा २५ हजार २ सय ११ जनाले हात्तिपाइलेविरुद्धको औषधि सेवन गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय