उर्लाबारी । आगामी चैत्र ५ गते हुने स्ववियू निर्वाचनको सरगर्मी बढिरहेको छ । नेतृत्व हत्याउन विद्यार्थी संगठनहरुले कसरत गरिरहेका छन् ।
विद्यार्थीहरुको मत आफ्नो पक्षमा पार्न नेकपा एमाले भातृ संगठन अनेरास्ववियू, नेपाली कांग्रेस भातृ संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्किारीलगायतले गतिबिधि बढाएका छन् । गठबन्धनमा रहेका ८ दलका विद्यार्थी संगठनबीच चुनाबी तालमेल गर्ने निर्णय भएपछि तल्लो कमिटीसम्म त्यो सर्कुलर छैन । सबैले आ–आफ्नो तरिकाले चुनाबी मोर्चामा अघि बढिसकेका छन् । यसैक्रममा नेविसंघले उर्लाबारी बहुमुखी क्याम्पसमा विवेक कार्कीलाई सर्वसम्मत स्ववियू सभापतिको उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ भने अन्य पदमा पनि विद्यार्थीको हकहितमा निरन्तर खटिने विद्यार्थीहरुलाई प्राथमिकता राखेर उम्मेद्वार छनौट गर्ने बताएको छ । यता अखिल क्रान्तिकारीले थानेश्वर अधिकारी (आकाश) लाई अघि सारिरहेको छ । गठबन्धनमा रहेका कांग्रेस र माओवादीनिकट भातृ संगठनमा चुनाबी तालमेलका बारेमा कुनै छलफल नभएको अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पस अध्यक्ष थानेश्वर अधिकारी (आकाश) ले जानकारी दिनुभयो । निरन्तर विद्यार्थीको हकहितमा लागि पर्दै आएकाले यस पटक अखिल क्रान्तिकारीका उम्मेद्वारहरुलाई विजयी गराउनेमा आफु आशावादी रहेको उहाँले बताउनुभयो । चुनाबी तालमेल नभएपनि मित्रबत सम्बन्ध कायम गर्दै चुनाबी मैदानमा होमिने अखिल क्रान्तिकारीका सचिब दिपेन बराईलीले जानकारी दिनुभयो ।
यता अनेरास्ववियूमा आधा दर्जन आकांक्षी देखिएका छन् । मुख्य गरी प्रिति दाहाल, गौतमबुद्ध तामाङ, रमेश बराल र भुवन मंग्रातीले आकांक्षा प्रकट गरिरहेका छन् । ४ मध्ये पनि महिलालाई यस पटक स्ववियू सभापति बनाउने पक्षमा अधिकांश देखिएका छन् । त्यसैकारण पनि दाहालको सम्भावना अधिक छ ।
अन्य संगठनहरुले नेतृत्वमा दाबी प्रस्तुत गरेपनि अन्तिममा एमालेको अनेरास्ववियूसहितको गठबन्धन र कांग्रेसको नेविसंघ तथा माओवादीको अखिल क्रान्तिकारीबीच गठबन्धन हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय