उर्लाबारी । के तपाई विहे भोजमा मासु खाँदै हुनुहुन्छ ? त्यो भए ख्याल गरेर खानुहोस् । मोरङको उर्लाबारीमा एक जनाको घाँटीमा मासुको अड्किएर मृत्यु भएको छ ।
मृत्यु हुने उर्लाबारी–१ का ५२ वर्षीय घिसिङ धिमाल रहेका छन् । छिमेकीको बिहे भोज खाने क्रममा घाँटीमा मासु अड्किएर आज दिउँसो ३ बजेतिर धिमालको मृत्यु भएको जनाइएको छ । मासु अड्किएपछि उपचारका लागि हस्पिटल लैजाने क्रममा बाटैमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय