काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइलाई हराएको छ । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनाएको थियो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रनमा सिमित रह्यो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए । युएइका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए ।

यो जितसँगै नेपालले युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग-२ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अव चार खेलमध्ये दुई खेलमा जित निकाल्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय