उर्लाबारी । आगामी चैत्र ५ गते हुने स्ववियू निर्वाचनको माहोल तातेको छ । नेतृत्व लिन विद्यार्थीहरुको होडबाजी देखिएको छ ।
यसैक्रममा पूर्वी मोरङकै पुरानो क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियू सभापतिमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुबाट रमेश बरालले सशक्त दाबी प्रस्तुत गर्नुभएको छ । पत्रकारिता विषयमा अध्ययरत बराल विद्यार्थीहरु माझ लोकप्रिय रहेकाले अनेरास्ववियुबाट स्ववियू सभापतिमा अघि बढाउन विद्यार्थीहरुले माग गरेका छन् । उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा क्षमतावान रमेश बराललाई अघि बढाउनु पर्नेमा विद्यार्थी प्रज्वल भण्डारीले जोड दिनुभयो । विद्यार्थीहरुको हकहितमा काम गर्न सक्ने ब्यक्तिलाई उम्मेद्वार बनाउनु पर्ने र त्यसमा बराल उपयुक्त पात्र भएको उहाँको भनाई छ । विद्यार्थीहरुको भावना बुझेर टिकट वितरण गर्नु पर्ने उहाँको माग छ । बराललाई रोक्न चौतर्फी प्रयास भइरहेको भन्दै केही विद्यार्थीहरुले हचुवाको भरमा स्ववियू सभापति छनौट गरे त्यसका विरुद्धमा उभिन बाध्य हुने बताएका छन् ।
छोटो समयमा नै बराल उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरुमाँझ लोकप्रिय बन्नुभएको छ । पद ओगट्नका लागि मात्र स्ववियू सभापतिमा दाबी नगरेको उल्लेख गर्दै तमाम उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको हकहितका साथ अधिकार स्थापित गराउन कटिबद्ध भएर लाग्ने उद्घोष गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय