उर्लाबारी । आज होली पर्वमा पूर्वको पर्यटकीय स्थल बेतिनी सिमसार क्षेत्रमा १० हजार आन्तरिक पर्यटकहरुले अवलोकन गरेका छन् ।
उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वनको हाताभित्र रहेको सिमसार क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुइचो लागेको हो । आज एकै दिनमा १० हजारभन्दा बढीले अवलोकन गरेको कोषाध्यक्ष अर्जुन बास्तोलाले जानकारी दिनुभयो ।























