दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले केही समय अगाडि मुख्य चौक क्षेत्रमा आलोपालो रुपमा एकतर्फी पार्किङ ब्यवस्थापन गर्ने कार्यको थालनी ग¥यो । बढ्दो शहरीकरणका कारण अव्यवस्थित पार्किङले कुरुप बन्दै गएको उर्लाबारीलाई ब्यवस्थित बनाउनका निम्ति एकतर्फी पार्किङ अभियान थालिएको थियो । पार्किङको समस्याका बारेमा जनगुनासो बढेपछि उर्लाबारी नगरपालिकाले व्यवस्थित बनाउने प्रयत्न गरेको देखिन्छ । तर, एकसाता बितिसक्दासम्म प्रभावकारी कार्वान्वय हुन सकेको छैन । आम सर्वसाधारणले काम नगर्दा पनि बसिनसक्ने गरि खेदो खन्ने अनि अहिले केही सुधार हुने लक्ष्ण देखा पर्दा आफैं नियम उल्लंघन गरी साथ नदिने गरेको प्रष्ट देख्न सकिन्छ ।
त्यसो त एकतर्फी पार्किङ कडाईका साथ लागू हुने हो भने नजिकिँदै गरेको चार्डपर्वहरुमा दुर्घटना नियन्त्रणका लागि राम्रै टेवा पुग्ने देखिन्छ । यो अभियानलाई साथ नदिनेहरुमा केही अटो, सिटी सवारी र निजी सवारी साधन रहेका छन् । त्यस्तै बैंकहरु, वित्तीय संस्थाहरु, व्यवसायीहरु आदीका सेवाग्राही, कर्मचारी अथवा ब्यापारीहरु स्वयम् आफैंले सवारी साधनहरु पार्किङका लागी तोकिएको सडक पेटी भन्दा विपरीत मनोमानी रुपमा पार्किङ गर्दै आएका छन् । स्थानीय सरकारले यसलाई सशक्त रुपमा लागू गर्ने हो भने ट्राफिक प्रहरीहरु , नगर प्रहरीहरु सक्रिय रुपमा खटाएर जरिवानासहितको कार्वाही आवश्यक रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय